‘‘चलचित्र मनोरन्जनको साधन हो ’’, पैलेको कुरा।
‘‘चलचित्र समाजको ऐना हो ’’, ऐलेको कुरा।
‘‘चरित्र भ्रस्ट भएका वा (चलचित्रमा आए/गए) पछी भ्रस्ट हुने केटीहरु हिरोको ओरिपरी फिरिक-फिरिक कम्मर मर्काउँदै नाच्ने, गुण्डाले तेल्लाई बलात्कार गर्न खोज्ने वा गर्ने, अनी हिरो आएर गुण्डाको त्यो सिङो २०-२५ जनाको टोलीसँग फाइट गरेर/खेलेर हिरोइन (र कथा अनुसार हिरोका आमा, दिदि-बहिनी पनि)लाई बचाउने नौटङ्की चलचित्र हो ’’ - चलचित्र प्रती खासै सरोकार नराख्ने, यान्त्रिक जिबनशैली सुरुसुरु बाँचिरहेका मान्छेहरुको त्यो ठुलो जमात/भिड्ले देखेको परीभाशा वा तीनको चलचित्र प्रतिको बुझाई।
‘‘चलचित्र संचारको माध्यम हो। (Cinema is a powerful tool/medium of/for mass communication.)’’-घोर सत्य
प्रश्न : त्यसो ’भा के चलचित्र मनोरन्जनको साधन हैन त ?
उत्तर : हो नि ! जरुरै हो। सुचना, सन्देश वा ‘मात्र कुरा’ पनि संचार गर्ने उद्देश्य राखिन्छ भने टार्गेट अडियन्समा उक्त संचार प्रवाह गर्नका निमित्त उक्त समुहले बुझेको वा परिश्क्रीत् मनोरन्जन त अनिवार्य हुनै पर्यो नि चलचित्रमा, नत्र संचारको माध्यम मात्र रटेर त संचार गर्न सकिएन नि!
प्रश्न : अनी मनोरन्जन गराउँदै आफुले चाहेको सुचना संचार गर्न कसरी सम्भव होला त चलचित्र मार्फत?
उत्तर : एक उदाहरण : ५०० मिलिग्राम परीमाण लेखेको ज्वरोको औषधी पारासिटामोलको एक ट्याब्लेट्को वजन लगभग ५ ग्राम हुन्छ, त्यो भनेको ५,००० मिलिग्राम - बाँकी ४,५०० मिलिग्राम मैदा र अन्य एक्सिपिएन्ट्स हुन्छ। त्यसैले सन्भव छ।
प्रश्न : अनी फेरी, हिरोइनलाई हिरोको ओरिपरी ननचाये मनोरन्जन नहुने, यसरी मनोरन्जक बनाइएका/बनाइने चलचित्र स्वत: नराम्रा भईहाले! यिनमा अब सुचना/सन्देश मिसाएर प्रबाह गर्ने चाह गरिये त्यो प्रभावकारी कसरी होला र!? नराम्रो चलचित्रमा राम्रो सन्देश कसरी हाल्ने? फेरी, मान्छेले लिने त रमाइला कुरा नै हुन प्राय; राम्रा कुरा भन्दा पनि।
उत्तर : ‘सायद् न्यौपाने’कोमा सरादमा बिरालो बाँध्ने प्रचलन जस्तै नै हो यो ‘चलचित्रमा हुने मनोरन्जन प्रतिको हाम्रो स्थापित मान्यता / धारणा’ पनि। कसैले वा कोहीहरुद्वारा वा एक समय-अवधीमा एक प्रकृतिको मनोरन्जनको बिधी चलचित्रमा प्रयोग भयो/गरे र, सोही परम्परा आजसम्मका अत्याधिक चलचित्रले धाने, त्यसैले मनोरन्जन त्यही र त्यत्ती मात्रै हो वा त्यही र त्यसै मात्र गरे मनोन्जन हुन्छ चलचित्रमा चाहिं भन्ने जड् धारणा बनेको मात्र हो हामी आम मान्छेमा - बस त्यत्ती। त्यो मनोरन्जन हो(ला), तर त्यही मात्र वा त्यत्ती नै मात्र त कहिल्यै हैन। त्यसैले मनोरन्जनको शैली र सायद् पारीभाशा नै पनि परिवर्तन गर्ने (‘केही अलग गर्ने’ - हेक्का रहोस् है, अलग माने गलत वा नचल्ने वा अल्छिलाग्दो हैन नि, यस्तो धारणा बन्नुमा अर्को बिरालो बाँधे परम्पराको हात छ) चैं पो हो, र त्यस नौलो अनी परिश्क्रीत् मनोरन्जक सैलिमा बनाइने/बताइने चलचित्र ‘हाम्रा, संचारको माध्यम भनी पारीभाशित भएका’ चलचित्र हुनेछन।
प्रश्न : लु अब खोटो सिक्कामा आउँ, के सन्देश दिने हो त खोटोसिक्काले?
उत्तर : एक, मात्र एक : कुनै पनि, केही पनि र जे सुकै बिषयमा पनि चलचित्र बन्न सम्भव छ - बस यत्ती।
प्रश्न : बिषय चाहिं के त खोटो सिक्काको?
उत्तर : ‘‘मलाई डिप्लोमा इन फार्मेसी पढाएर गरी खाने एउटा मेलोमा त लाइदिनुभयो तर मलाई सिनेमा लेख्नमा, सिनेमा बनाउनमा रुची छ। पुरा˜˜˜ पर्लय पोइसो कमाउने महत्वाकांक्षा हैन तर दबाइ बेचे जस्तै सिनेमामा पनि बिस्तारै गरी-खान पुग्ने पोइसो कमाउछु होला। त्यसैले बुवा, म दबाइ बेच्दिन न ल? म सिनेमा बनाउछु न।’’ भनी बाबुसँग भन्दा ‘‘तँ मुजिले के केरा गर्छस फिलिम बनाएर? तेरो हैसियत तेइ ८-१०, २२-५० हजार मैनाको कमाउने मात्रै हो, त्यो पनि मैले देखे-बुझेको बाटोबाट मात्रै। र यहाँ तेरो सन्दर्भमा, त्यही दबाइ बेचेर। त्यसभन्दा फरक र त्यसभन्दा पर्तिर छिरिक्क सिन्को मात्रै पनि भान्च्ने तेरो हैसियत छैन। तँ गुहु खाने कुकुरले फिलिम बनाउँछु भन्नु भनेको एउटा अर्धपागलले देख्ने कोरा दिवा-स्वप्न पर्तिर केही पनि हैन’’ भने बाबुले !
यस्तै प्रतिकृया आए अन्य आफन्ती र साथीहरुबाट पनि। सिनेमा संचारको माध्यम हो । ‘केही, कुनै र जे पनि बिषयमा सिनेमा बन्न सक्छन, र म बनाउन सक्छु ’ भन्ने विश्वाश लिएको मान्छे ऊ। उस्लाई ‘तँ मुजिले दबाइ बेच्न भन्दा पर्तिर एउटा सिन्को पनि भान्च्न सक्दैनस, तँ गु खाने कुकुरले सिनेमा लेख्छु/बनाउछु भन्नु र एउटा पागलले म भगवान हुँ भन्नु उस्तै हो ’ भनेर मान्छेले भन्दै गर्दा अनी यस्तै अनेक कुरा हुँदैगर्दा नै पनि उस्ले आफ्नो पहिलो चलचित्रको पटकथा लेख्न भ्यायो । र, खोटो सिक्का त तेस्रो पो हो उस्ले लेखेको चलचित्रको पटकथा।
‘‘त, यही कुरा ‘तँ गर्न सक्दैनस, तँ बाट हुँदैन, तेरो हैसियत नै छैन/हैन ’ भनेर मान्छेले उस्लाई भन्दै गरेका कुरा, यही बिषयमा एउटा सिनेमा किन नबनाउने !? ’’ -बस् यही सोचको नतिजा हो ‘खोटोसिक्का ’ ।
प्रश्न : अनी कथा? कथा चैं के-कस्तो छ त, सारांशमा ?
उत्तर : कुरुक्षेत्रमा महाभारतको त्यो ऐतिहासिक युद्ध हुँदै गर्दा युद्धस्थलको आँखोदेखि हाल अन्धा राजा ध्रीतरास्त्रलाई बताउने एक पात्र थिए -सञ्जय। हो, तिनै सञ्जय खोटो सिक्कामा छन, र उनको उमेर छ ३२ बर्ष। पुरा नाम सञ्जय पाठक। सञ्जयकी प्रेमिका हुन सम्झना, एकदिन सोध्छिन सञ्जयलाई, ‘तिमी सिनेमामा कसरी आयेउ?' तब सञ्जय आफ्नो पूर्वकथा बताउँछ, तर पूर्वकथामा अर्को पात्र छ ‘आकाश ’। आकाशको बुवा, साथी अनी अन्य आफन्तसँगको दैनिकी, उस्ले सिनेमा लेख्छु भन्दा ति अनेक मान्छेले बताउने प्रतिकृया इत्यादी सम्पूर्ण हुँदै गर्दा अन्तत: ‘‘ती सबैलाई कन्भिन्स गरी म सिनेमा बनाउछु भन्नु चाहिं मेरो दिवा-स्वन हो, यो भिडले त मैले गरेपछी मात्रै ‘ए हो पो रछ त’ भन्दिने हो ’’ भन्ने महसुस (रियलाइजेसन) आकाशलाई भयेपछी ऐले, यहाँ, म सिनेमा लेख्दै छु -भनी सञ्जय सम्झनालाई बताउँछ।
सञ्जयको कथामा उस्का दुई साथी प्रकाश र राजु छन् । अनी सम्झना, राम्री केटी सबी र प्रकाशकी प्रेमिका रन्जु गरी छ जना मुख्य पात्र छन । चलचित्रको लगभग साठि प्रतिसत समय यि छ जनाको ओरिपरी छ, बाँकी चालिस प्रतिसत आकाश अनी उस्को कथा छ जुन सञ्जयले सम्झनालाई आफ्नो पूर्वकथा बतायेको बनाइ देखाइएको/देखाइने छ।
प्रश्न : उद्देस्य के त खोटोसिक्काको ? किन आकाश मार्फत आफ्नै कथा ?
उत्तर : चलचित्रको पहिलो द्रिश्यमा आकाशको बुवा आकाशलाई सोध्दै हुनुहुन्छ, ‘‘ के चैं नौलो फिलिम बनाउछस तँ ? सबै बिषयमा त बनिसकेका छन ! के चैं बाँकी छ तैंले लेख्न र बनाउन बाँकी फिलिम !? ’’ तब, ‘‘तपाईंले मलाई बिषयका बारेमा सोध्नुभो ! हो, यही बिषयमा म आफ्नो पहिलो चलचित्र बनाउन्छु ’’ भनी म (रमेश गजुरेल)ले लिएको अठोट आकाश मार्फत बताउनु खोटोसिक्काको उद्देस्य हो।
प्रश्न : यस्तो पनि फिलिमको बिषय हुन्छ कहीँ !? यस्तो जे पायो तेइ पनि फिलिम हुन्छ !
उत्तर : यस्तो, उस्तो, त्यस्तो र कस्तो कस्तो पनि हुन्छ फिलिम। यो कुरा था'पाउन अलेली सिनेमा हेर्नु पर्यो हजुर। 'ग्लोबल सिनेमा' भन्ने शब्दवलिको अर्थ खोज्नु/बुझ्नु पर्यो पैला, अनी केही सिनेमा हेर्नु पनि पर्यो पृथ्वीका अनेक कुनामा दशकौंदेखी बन्दै गरेका मध्ये।
प्रश्न : माथि कतै खोटोसिक्का तेस्रो लिखत हो भन्ने कुरो आयो ! अरु दुइटा चलचित्रका पटकथा पनि लेखिसकिएको हो र?
उत्तर : प्रत्येक् चार्-चार मैनामा एउटाको दरले दुई बर्ष भित्रमा छ वटा चलचित्र बनाउने योजना हो जुन क्रमश: यो खोटोसिक्का, अनी कुमार, सुन्तले, दुर्घटना, अफ्-रोड एक्स्प्रेस र सुम्निमा-पारुहाङ हुन। यि मध्ये खोटोसिक्का, सुन्तले र दुर्घटनाको पटकथा लेखिसकिएको छ। र, सुम्निमा-पारुहाङ बाहेक सबै जिरो-बजेट परीकल्पनाका चलचित्र हुन।
प्रश्न : जिरो-बजेट मतलब?
उत्तर : चलचित्र युनिटको खाना र सुटिङ-स्पटसम्म आइजाइ खर्च (भाडा) बाहेकको सम्पूर्ण प्रोडक्सन कस्टलाई घटाएर शुन्यमा झारी बनाइने फिल्म जिरो-बजेट फिल्म हुन।
प्रश्न : अनी ! पैसो खान ओर्न त लागो त अलेली, कसरी जिरो-बजेट भो र!?
उत्तर : लाग्छ नि । त्यसै बन्छ त फिल्म! प्रोडक्सन-कस्ट पो जिरो त। अनी, बिस लाख माथिबाट सुरु हुने चलचित्र निर्माणको बजेट दुई देखी पाँच लाख सम्ममा सक्ने योजना भनेकै जिरो-बजेट योजना भएन र!?
प्रश्न : ल मानियो, तर कलाकारले बिना पैसा खेलिदेलान ? क्यामरा र एडिटमा पैसो चाहियो नि!
उत्तर : मुनाफाको ३३ प्रतिशत रकम कलाकार, क्यामरा र इडिटमा खर्च गर्ने प्रस्ताव्/योजना सबै सामु स्पस्ट राखिकन मात्रै व्यबहारिक योजना सुरु हुने हो।
प्रश्न : डुब्यो फिल्म भने ? पैसै कमाएन फिल्मले भने कुन ३३ प्रतिशतबाट तिर्ने हो ?
उत्तर : दुई देखी पाँच लाख सम्ममा बन्ने चलचित्र डुब्ने सम्भाब्यताको प्रतिसत तपाईं हिसाब गर्नुस्, पैलो कुरो।
र, ‘रकमै नकमाइए के को ३३ प्रतिशत ? ’ चैं जायज प्रश्न हो । तर कमाइएला, भरसक कमाइएला, अबस्यै कमाइएला । तर˜˜˜ कथम्कदाचित् कमाइएन भने चाहिं हामी सबैले बुझ्नु पर्ने एउटा कुरो - चलचित्र निर्माणको त्यो सिङगो प्रकृयामा समाहित भई हामीले बटुलेको त्यो सम्पूर्ण भब्य अनुभवको अब भोली अर्थ नहोला त ? छ जस्तो मलाई चैं लाग्छ।
प्रश्न : किन पत्याउनु कसैले ? कलाकारले किन पत्याइदिनु रमेशलाई र खोटोसिक्कामा खेल्न तयार हुनु/भैदिनु ? मुख्य प्रश्न त यही हो । र अन्यमा चैं, कसैले क्यामरा किन दिने ? एडिट कसैले किन गर्दिने ? कसैले २-४ लाख रुपैयाँ किन दिने रमेशलाई ? के आधार छ पत्याउने ?
उत्तर : आफ्नो स्वबिबेकले निर्णय गरौँ है हजुर -मेरो भन्नु त बस् यत्ती हो । केही पनि कुराले मलाई मेरो काम गर्नबाट रोक्नेवाला छैन, बाधा-अवरोध अनेक आउलान, त्यो अलग हो ; तर म सिनेमा त बनाएरै छाड्छु। पहिलो बनाउन केही समय लाग्ला, तर त्यस्पछिका चार्-चार महिनाका योजना त मैले बताइहालेँ । म त गर्ने नै हुँ, कुनै पनि हालतमा गर्ने नै हुँ । तपाईं यो प्रकृयाको हिस्सा बन्ने-नबन्ने वा कोहीपनि यो प्रकृयाको हिस्सा बन्ने-नबन्ने भन्नेबारे तपाईं वा वहाँ स्वयमले स्वबिबेकले निर्णय गर्ने कुरो हो। मसँग माथिका तिनै केही प्रश्नका जवाफ र यस्तै केही थोरै गन्थन-मन्थन बाहेक अर्थोक कुरा केइ छैनन तपाईं वा अरु कोहिलाई कन्भिन्स गर्नका लागि।
तर एउटा कुरो चैं के भने, जो सँग भोली देख्ने आँखा छन नि, वहाँले मलाई अवश्य साथ दिनुहुनेछ।
रमेश गजुरेल
२०७३ साल भदौ २३ गते
दिउँसो १२:२३ बजे
बालकोट, भक्तपुर
No comments:
Post a Comment