Showing posts with label टायर को तरकारी हो आमिर खान को 'तलाश'. Show all posts
Showing posts with label टायर को तरकारी हो आमिर खान को 'तलाश'. Show all posts

Saturday, December 1, 2012

टायर को तरकारी हो आमिर खान को 'तलाश'!


तलाश  हेर्दै गर्दा मैले धेरै पल्ट र धेरै बेर "The Sixth Sence" सम्झे । बेला बेला साहरुख् खान को 'पहेली' पनि आयो दिमाग मा। संका लाग्न थालीसकेथ्यो कतै तलास ले पनि त्यस्तै केही त भन्दैन भन्ने, भयो आखिर त्यही!

पूर्णत: वकवास थियो सिङो चलचित्र। गाडी को टायर् लाई मसिनो टुक्रा मा काटेर आलु को तरकारी झैं पारी पकाएर तरकारी पकाउने सम्पूर्ण मुन्धुम गरी पकाये पछी के त्यो खान लायक तरकारी बन्छ र!!? टायर् को तरकारी हो 'तलाश' । सम्पूर्ण बिधी पुर्याएर बनाउदैमा राम्रो बन्दैन फिल्म।

"धेरै दिन टिक्दैन यो फिल्म" लगभग आधा हुन लाग्दा कोही एक जना ले पछाडि बाट ठुलो स्वोर म बोलेको वाक्य थियो यो , हिजो हल मा। हो, तीन दिन मा उत्रन्छ यो चलचित्र हल बाट र त्यो तीन दिन पनि "आमिर खान" को नाम को कारण ले मात्र हो बिक्ने यो फिल्म।

English Vinglish, काहानी, ग्याङ्स्  अफ वासेपुर्-२ सबै Piratebay.se बाट utorrent मार्फत झारेर हेरे मैले। दमक जादा सन्जोग ले मौका मिलेकोले हल मा हेरेको हो तलास, त्यो पनि आमिर खान को फिल्म भको कारण ले । राम्रा फिल्म हल मा हेर्ने रहर त छ नि के गर्नु राती मात्र लाग्छन दमक मा, त्यो पनि सबै फिल्म आउँदैनन। Torrent, Pirecy इत्यदी को बारेमा अर्को ब्लग मा लेखौंला । तलास कै कुरो फेरी।

आमिर खान ले IMDb.com visit गरे जस्तो छ र त्यहा 'The Sixth Sense' type का फिल्म को रेटिङ् (Rating) ८ भन्दा माथि देखेर होला तलास खेलेको, नत्र केही समय यता अली फरक ( र भर्सक राम्रा) फिल्म मा देखिदै आको मान्छे अकस्मात् यो बकवास मा आउनु को कारण के होला त अरु!!?

अर्को कारण experiment पनि हुन सक्छ। दाम त लगानी को हाराहारी मात्र कमाउला तर critik response  र user's/viwer's view हेर्न का लागि पनि हो कि यो फिल्म!

अर्को कारण - versatality. बडी भन्दा बडी फरक फिल्म खेल्ने तिर्खा या शाहरुख खान को 'पहेली' देखेर त्यस्तै केही मा आफ्नो पनि देन होस् भन्ने रहर या अर्थोकै केही। कारण जे सुकै होस् - चलचित्र पुरा बकवास हो। सहि कारण त उनै लाई थाहा छ चाहे बजार मा तलाश प्रती अब देखिने नकारात्मक टिप्पणी को कारण ले केही नयाँ बहाना या कारण भनुन  या पहिले फिल्म खेल्नु अघी मन मा पलाको यो फिल्म खेल्न रहर लागेको कारण भनुन- त्यो केवल आमिर खान ले जान्ने कुरा हो। हामी त अन्दाज न गर्न सक्छौं ।


त्यती सारो नराम्रो छ भने कसरी चाँही नराम्रो भयो त भनेर जान्ने रहर भये मात्र , नत्र नहेर्दा हुन्छ यो फिल्म। मन परो यो फिल्म भने 'पहेली' र 'द सिक्स्थ सेन्स' पनि हेरे हुन्छ। कम्ती मा पहेली मा त भर्खर बिहे गरेकी स्त्रिको श्रीमान टाडिये पछी को मनोभाव लगायत त देखिएको छ, तलास मा त केइ छैन!


अन्तमा,
तलाश टायर् को तरकारी हो। हेर्नु/खानु अघी या हेरे/खाए पछी आफ्नो विवेक प्रयोग गर्नुस् उक्त चलचित्र प्रती आफ्नो धारणा बनाउन को निम्ती।

नोट:
यो सिङो टिप्पणी भुत्-प्रेत, आत्मा जस्ता कुनै पनि अलौकिक कुराको अस्तित्व छैन भन्ने सोच भएको मानिस् को बिचार  हो। आत्मा हुन्छ र मान्छे मरे पछी पनि त्यो ज्युंदै हुन्छ भन्ने "ढुङा को तरकारी" जस्तो विचार बोक्नु हुने हरु ले मेरो माथि को सिङो टिप्पणी मा तुक नदेख्नु स्वभाविक हुनेछ।