Showing posts with label म त्यहि पैनी हेर्दै गरेको मान्छे हुँ।. Show all posts
Showing posts with label म त्यहि पैनी हेर्दै गरेको मान्छे हुँ।. Show all posts

Thursday, July 12, 2012

म त्यहि पैनी हेर्दै गरेको मान्छे हुँ!

उनको फोन आउदा आजकल उठाउन अफ्ठेरो लाग्न थालेको छ, पैसो तिर्न जो बाकि छ। बोल्ने सैलीफेरिए झैँ प्रतित हुन्छ। कसरि तिस हजार रुपैया तिर्ने होला भन्ने पिरोलो हुन थालेको छ।  ला अब स्वीपर को तलब दिने दिन पनि आयेछ, फेरी टेन्सन हुने भो, सन्तोस सर को घर भाडा को एक हजार तिरी सकेकै रैनछ, संग्रौला ब्रदर्स को छोरोको जस्तो अनुहार भएको केटो देख्दा त्यहा तिर्नु पर्ने दुइ हजार सम्झंछ यो मन। यी सब प्रतिनिधि घटना हुन् मेरो आज को जिबन सैली को 'पोइसे समय' दर्साउने।

"थुक्क जिन्दगि, एउटा बिरामी आउला र उसले तिरेको पोइसो ले अनि अरु पोइसो तिरुला, तलब दिउला कर्मचारी लाइ भनेर ढुक्ने पो भैयो त" भनेर त्यो अबस्था लाइ 'धत् पाजी' भन्ने 'म' आज त्यहि 'एउटा बिरामी' पर्खिरहेको हुन्छु!

काल लाइ जित्ने बुलन्द यथार्थवादी कल्पनासक्ति सहित को रमेस गजुरेल, आफ्नो ब्लग मा Evolution को बास्तबिकता पोस्ट गरिसकेको रमेस गजुरेल, मानब मस्तिस्क निश्चित उमेर पार गरिसकेपछि फगत एउटा storage media eg: pendrive, memory card hard disk etc मात्र हो, भरियो भने पुरानाData delete गरेर मात्र नया हाल्न मिल्ने भए जस्तै हुन्छ र यो सहि हो भनेर बताउन सक्ने उदाहरण सहित का यथार्थगत बिस्लेसन गर्न सक्छु भन्ने रमेश गजुरेल अनि screenplay लेखेर चलचित्र कर्मी को रुप मा यो घिसिपिटी भित्र छिरेर समग्र जगत को प्रक्रिया लाइ सहि दिसा मा मोड्न सक्ने मान्छे बन्न सक्छु भन्ने रमेस गजुरेल.......... आज आफ्नो अस्पताल सफा गर्ने स्वीपर लाइ तलब दिने त्यो 12 गते नजिकिदा फगत रु 2500 भित्र हराएको छ!!!! र यो 2500 एक प्रतिनिधि हो रमेस गजुरेल 'हराउने ' ति अनेक पैसेबाताबरण हरु को जुन कुनै घर भाडा को रुप मा छन्, कुनै दमक मा नारन दाई को बिजुली को 30 हजार बाकि को रुप मा त कोहि त्यो बिचरो डाक्टर दिपनारायण को रु 2706 को रुप मा!

जे सुकै होस् यो घिसिपिटी भित्र रहदा रहदै पनि अलि माथि उठेर यो समग्र प्रक्रिया लाइ हेर्ने र तालमेल नमिलेको ठाउँ मा मिलाउछु भनेर केहि गर्न कोसिस गर्ने हरु ले नै यो आज को विश्व का केहि मिठा आधार हरु को सिर्जना गरेका हुन् न कि यसै भित्र ति 2500 हरु ले थिचिएका हरु बाट।

थोमस अल्वा अडिसन आफ्नो चासो बाहेक का कुरा नबुझ्ने मान्छे थिए साएद, न्युटन ले तेसै अन्डाको ठाउ मा घडी हालेका हैनन् उम्लेको पानि मा। म अर्को अडिसन वा न्युटन हु भन्ने चेस्टा गरिरहेको छुइन तर कम्तिमा पनि कोहि न कोहि  त अलि माथिउठ्नै पर्छ यो समग्र घिसिपिटी बाट, भान्छ मेरो मन। नत्र पैनी कता तिर खानिदैछ भनेर त्यो पैनी भित्र पसेर खन्ने ले त देख्ने कुरो भएन नि!!

बस् - म त्यहि पैनी हेर्दै गरेको मान्छे हुँ तर म केहि 2500 हरु भित्र हराएँ। त्यसैले फोन गर्दा आजकल उठाउन अफ्ठेरो लाग्न थालेको छ , बोल्ने सैली अलि फेरीयेको हो कि झैं भान हुन थालेको छ। पैसो तिर्न नसक्दा को हिनताबोध छ। र त अति भयो साएद आफै लाइ, र भने " ल ल जति सक्दो छिटो तिम्रो पोइसो तिरेर तिमि लाइ मेरो संगत बाट मुक्ति दिलाउला"!



069-3-25 @ Dudhe Janasewa