Showing posts with label Gangs of Wasseypur 1 (चलचित्रको बर्गिकरण र राम्रा चलचित्रमा हुनुपर्ने गुणहरु ). Show all posts
Showing posts with label Gangs of Wasseypur 1 (चलचित्रको बर्गिकरण र राम्रा चलचित्रमा हुनुपर्ने गुणहरु ). Show all posts

Friday, December 7, 2012

चलचित्रको बर्गिकरण र राम्रा चलचित्रमा हुनुपर्ने गुणहरु (Gangs of Wasseypur- Part 1)


चलचित्रको बर्गिकरण र राम्रा चलचित्रमा हुनुपर्ने गुणहरु  


..........................................
............................
......................
................
............
................
......................
............................
..........................................

म यो मङ्सिर नभा पुष भित्र काठमाडौं जान्छु। गएर केही मान्छे लाई भेटेर "म फिल्म लेख्न सक्छु" भन्छु। तर यसो भन्दा उनी हरु ले पत्याउने आधार के त? मेरो कुरो सुन्ने नै आधार के त? हो, त्यही आधार तयार गर्दै छु  म ऐले। मेरो मत्लब, यो अनी यस् को सिल्सिला मा लेखिने अबका केही लेख।

- राम्रो चलचित्र के लाई भन्ने?
- नेपाली चलचीत्र किन चलिरा'का छैनन?
- केही राम्रा अङ्रेजी  अनी हिन्दी चलचित्र को उदाहरण अनी ति के के कारण ले राम्रा भये भन्ने ब्याख्खा।  eg: - Shawshank Redemption, रङ दे बसन्ती इत्यादी।
- राम्रा भनिएका केही चलचित्र किन नराम्रा हुन? eg: Godfather, Batman, Pulp Fiction, Gud Bad and Ugly इत्यादी।

 सु आयो लेख्दा लेख्दै , अनी टोइलेट गएँ ।  माथि का कुरा लेखिसके पछी केही थिएन दिमाग मा, टोइलेट मा आयो!
"तर म काठमाडौं मा गएर केही फिल्म पत्रकार लगायत का मानिस्  लाई भेट्नु  को अर्थ आफ्नो कथा छपाउनु  या चर्चा मा आउनु हैन। मलाई नाम चाहिएन। म त अब १ बर्ष पछी कम्ती मा ३ वटा स्क्रीप्ट बोकेर काठमाडौं छिर्दा ति स्क्रिप्ट को बारे मा सुन्ने र चासो दिने मान्छे हरु  श्रीजना गर्न मात्र चाहन्छु। बस त्यत्ती। 'केही नयाँ आउँदैछ नेपाली चलचित्र क्षेत्र मा समग्र माहोल को काया पलट गर्ने हैसियत सहीत'   यो कुराको सुइंको दिनुछ मलाई, बस।"
टोइलेट  जादा आको यो कुरो ऐले, खै यसरी नै फुर्छन कुरा, तर धेरै, अत्ती धेरै! हात साह्रै ढिलो चल्छ। लेख्न 'क' थालदा दिमाग य, र, ल व मा हुन्छ! कसरी पोख्ने आँफैं लाई कापी मा, टेन्सन हुन्छ अनी फ्याट्टै लेख्न छोड्दो रछु! तर यस्को  उपाय खोज्दैछु।

मेरो  यो हाल भई रहदा  Diving Bell and Butterfly को paralised character सम्झन्छु, कसरी त्यो मान्छे ले आँखा झिम्क्याएको भर मा सिङै किताब लेख्न सक्यो होला! सम्झैन्दै अस्पट भएर आउंछ, निसास्सिन्छ मन, एउटा सुरुङ भित्र पसेको झैं। Shawshank prison बाट  Andy Dufrence भागदै  गर्दा आची बग्ने त्यो ह्युम पाएप को लामो साङुरो सुरुङ भित्र म आँफै छु कि जस्तो हुन्छ! तर के गर्नु, यथार्थ यै हो: कुरा छिटो आउछन  , हात ढिलो चल्छ। अक्छ्यर बनाउन थाले, डिक तान्न थाले  भने त..........खै के हुने हो!!

एउटा  उपाय सोच्दै छु, भ्वाइस रेकोर्डर किन्छु र जे आउछ मनमा सबै बोल्छु  , रेकर्ड गर्छु अनी त्यस लाई टाइप गर्ने, प्रिन्ट गर्ने त केइ उपाये  आइहाल्ला   नि भन्ने लाग्छ प्राय आज्कल। बोल्ने कोशीस पनि गरे १-२ चोटि , तर कपी मा  लेख्दा खेरी को जस्तो स्पस्ट र 'आदी, मध्य र अन्त्य  सहीत को बिचार  नहोला कि भन्ने लाग्दै छ।  यस्तै छ म, यसरी नै आउछन बिचार । केही अनौठो छैन तर। यस्तै हो नि! यो त सामान्य प्रकिया हो बिचार  आउने र लेख्ने या प्रस्तुत गर्ने बारे को। खाना पकाउने प्रकृया झैं सामान्य प्रकृया। छन्द मिलाएर र चोटिलो  अनी पढौँ पढौँ लाग्ने गरी लेखेको ले सोच्न वाध्य भईएको होला!

फेरी कुरा मै आउँ है त: काठमाडौं गएर केही मान्छे लाई भेटेर म स्क्रीप्ट लेख्छु र लेखेर आए पछी मलाई सहयोग गर्नुस् भनेर मैले भन्ने आधार श्रीजना गर्ने कुरा मा थिएं म अगी। चलचित्र बारेको मेरो धारणा, अनी केही चलचित्र को समिक्षा, अनी रेटिङ सिस्टम को बारे मा केही लेखेर ब्लग मा पोस्ट गर्छु जुन पढ्ने मान्छे ले मलाई 'केही चै चासो र जानकारी भको मान्छे रछ चलचित्र प्रती भन्ने बुझुन': हो, यो आसय हो मेरो, यो लेख लेख्नु को।

पहिलो कुरो: कस्तो चलचित्र लाई राम्रो भन्ने ? राम्रो चलचित्र मा हुनु पने गुण के के हुन त? चलचित्र राम्रो हुन के हुनु हुँदैन?

राम्रा चलचित्र मा हुनु पर्ने गुण को बारे मा लेख्नु भन्दा पैला चलचित्र लाई बर्गिकरण गर्नु पर्ने भयो।

चलचित्र केबल दुई प्रकार का छन: यथार्थबादी र अन्य ( यानेकी काल्पनिक) ।
१। यथार्थबादी चलचित्र (रियालिस्टिक मुभिज) :
-कुनै ब्यक्ती या घटना लाई लिएर त्यो ब्यक्ती को जिबनीमा या घटना माथि बनाइएका यथार्थबादी चलचित्र। जस्तो: म्युनिख, द लास्ट किङ अफ स्कट्ल्यान्ड, द किङ्स स्पिच इत्यादी।
-समाज मा घत्ने घटना क्रम हरु लाई देखाइने फिल्म। जस्तो: पेज ३ , ब्लड डाइमण्ड, इत्यादी। यि चलचित्र लाई समाज को दर्पण भने पनि हुन्छ किनकि यस्ता चलचित्र मा समाज प्रतिबिम्बित भएको हुन्छ।

२।  अन्य/काल्पनिक: यथार्थ भन्दा पर्तिर उभिएर बनेका सबै चलचित्र यो समुह मा पर्छन। र शायद लग्भग ९०% भन्दा माथि , अहिले सम्म बनेका चलचित्र हरु येइ  समुह मा पर्छन।

झट्ट हेर्दा केइ तुक नदेखिन सक्छ यो बर्गिकरण म, तर हैन, कारण छ। म चलचित्र लाई राम्रो र नराम्रो भन्ने आधार को कुरा भन्न खोज्दैछु अनी राम्रा चलचित्र म हुनु पर्ने गुण हरु को बारे मा केही भन्न खोज्दै छु। र मलाई उक्त कुरा हरु बारे भन्न को लागि सबै चलचित्र लाई यि दुई समुह मा बिभाजन गर्नु आबस्यक भयो।

फेरी अन्य मै फर्कौ। अपबाद का घटना माथि बन्ने चलचित्र पनि यो समुह मा पर्छन। जस्तो: धेरै जसो फिल्म मा देखाइये जस्तो हिरो कोही कोही हुन सक्छन समाज मा जस्ले एकै जना ले धेरै लाई कुटेर जित्न सकोस र केही अनौठा काम ( मिसन) फत्ते गह्रोस तर यस्ले यथार्थ बोलेको हुँदैन। तर फेरी ब्रुस लि र मोहम्मद अली हरु को जिबनी मा बन्छन भने चाँही ति फिल्म  यथार्थबादी हुन्छन।

"यस्ता कुरा/घटना : - हुन/घट्न सक्छन, भये/घटे हुन्थ्यो, भये/घटेको  कल्पना गर्दा रमाइलो हुन्छ" भन्ने आसय का चलचित्र यो समुह मा पर्छन।
जस्तो केही उदाहरण:
#The Core : Earth को core घुम्न छाड्ने सम्भावना reality मा नभये पनि 'यदी त्यस्तो भयो भने' भन्ने सोचेर core सम्म पुग्ने यान presure र temperature बढ्दै जाँदा झन दरो हुने पदार्थ unobtanium द्वारा बनेको पारीकल्पना र केही बैज्ञानीक कोर सम्म यान मा गएर nuclear explosen गरेर कोर घुमाएर फर्कने कथा ले यदी भविस्य मा यस्तो अवस्था आयो भने त्यसरी पनि सोच्न सकिन्छ भन्ने एउता मिठो उदाहरण दिन्छ भलै त्यो आज असम्भब नै किन नहोस्।

#Taken : हुन त म यो फिल्म लाई मा राम्रो फिल्म भन्दिन किनकी द कोर म झैँ यस्मा यस्ले रचनात्मक सोच केही पस्किदैन न त केही लाई रचनात्मक ढंग ले सोच्न नै सघाउंछ तर मैले यो फिल्म ४-५ पल्ट हेरेको छु। मजा नआइ  हेरिदैन पनि। यस्को अर्थ चलचित्र मनोरन्जनात्मक छ। रियालिस्टिक नभये पनि मुख्य पात्र को ओकुपेसन र उस्ले भन्ने एउटा डाइलग ".................." ले हेरुन्जेल फिल्म पत्यारिलो छ भन्न वाध्य भयिन्छ। तर सांच्चै हो कि क्या हो भन्ने भान पारेको कारण ले मात्र यो फिल्म मनोरन्जनात्मक भको हैन। छोरी किड्न्याप भये पछी छोरी खोज्न हिंडेको बाबु को पत्यारिलो रोमान्चक यात्रा र बाबु लाई त्यत्ती नरुचाउने छोरीले अन्त्य मा बाबु आफ्नु खोजी मा यती भयानक बाटो छिचोलेर आएको देखेर उस्को अनुहार मा देखिने बाबु प्रती को अगाध श्रद्धा अनी श्रीमती को पनि अनुहार मा देखिने त्यही भाव ले म हरेक पल्ट टेकन हेर्दा उक्त बाबु भएर हेर्छु र अन्त्य मा मेरी आफ्नै छोरी सँग को भेट झै महसुस गर्छु।
लोजिक प्रतिको एक्स्त्रिमिस्ट भाव एक्छिन छोपेर हेर्ने हो भने शायद सबै, फिल्म रेगुलर हेर्ने दर्सक, लाई यो फिल्म मन पर्छ।

#द गड्फादर: यो मलाई मन नपरेको फिल्म हो। किन भनेर कारण लेख्नु भन्दा पनि यो बिधा मा किन परो भनेर लेखुँ है त ऐले। Godfaather realistik छैन, न त्यस्तो gangstar थियो पृथ्वी मा, न छ, न त भएको राम्रो  भन्ने अपेक्छ्या नै गर्न सकिन्छ। अपेक्छ्या नै गर्नु परे त्यही स्वरुप को पोलिटिकल सिस्टम को गर्न ठीक हुन्छ। न कुनै साकारत्मक सन्देस छ। फगत एउता gangstar लाई साकारआत्मक स्वभाव (मानवियता प्रती को) भएको मानिस् को रुप मा उभ्याएर उस्मा एउटा स्पस्ट कथा लेखिएको छ। यो चलचित्र एउत well written कथा, अभिनय र निर्देशन्  को कारण ले राम्रो मानिएको हो। मलाई मजा चैं आएन। रोचक छ जरुर।

यहाँ म चलचित्र लाई बर्गिकरण मात्र गर्दै भएकोले राम्रो नराम्रो एक्छिन केलाउदिन। केही राम्रा चलचित्र र ति राम्रा हुनुको कारण अनी नराम्रा चलचित्र को बारे पनि त्यस्तै कुरा हरु सहीत अर्को लेख आउछ, शायद एही वासेपुर सिरिज (Wasseypur Series) भित्रै।

अब अगी सुरु गरेको बिषय म फर्कौ, राम्रा चलचित्र मा हुनुपर्ने गुण को बारे कुर गर्दा गर्दा पहिला म चलचित्र लाई वर्गिकरण गर्छु भनेर म मोडिएको थिए।

१> कुनै सम्बाद, घटना या समग्र चलचित्रले समाज मा ब्याप्त अन्धविश्वास, कुरिती इत्यादी लाई प्रोत्साहन गर्नु या प्रोत्साहन/बडावा दिने भाव ब्यक्त गरिनु  हुँदैन।
२> चलचित्र ले केही सकारात्मक सन्देस बोकेको हुनुपर्छ।

बस यत्ती। चलचित्र राम्रो हुन कुनै तेस्रो गुण को आबस्यक्ता पर्दैन। यदी माथिका दुई गुण छन कुनै चलचित्र मा भने त्यो चलचित्र उडन्ते, हाउडे या पूर्णत हावादारी कल्पना मै बनाइएको किन नहोस्, त्यो राम्रो चलचित्र हो।

पहिलो बुंदा ले अत्यन्तै कडा रुप मा भन्छ: एउटा सम्बाद धरी पनि  हुनु हुँदैन जस्ले खराब कुरा लाई बडावा दिने आसय ब्यक्त गरोस।  यो मात्र गुन भएको चलचित्र नै नराम्रो चलचित्र हुन बाट जोगिन्छ तर राम्रो चाँही मानिदैन। विरङ पदार्थ झैं बन्छ त्यो, स्वाद नभएको मिठाइ झै, जस्को आयतन त छ तर त्यस्मा केही छैन। यस्को अर्थ पहिलो बुन्दा एक सर्त झैन बन्छ चलचित्र को लागि, राम्रो नराम्रो निर्धारणा त दोस्रो बुन्दा ले गर्ने भयो मुख्य रुप मा, यानेकी 'केही सकारआत्मक सन्देस'।

"।।।।।।।।।।।" पो ले द्र्यागोन स्क्रोल मा आफ्नै  अनुहार देखेपछी बाबु ले भनेको सम्झन्छ। "।।।।।।।।।।"। अनी realise हुन्छ पो लाई "।।।।।।।।।।।।।"।

यो नै कि\उङ फु पान्दा को सार सन्देश हो। यस्ले पनि शायद यो चलचित्रलाई यती राम्रो बनाको होला। शायद यसै कारण पनि होल मैले यो फिल्म लग्भग १० चोटि या अझ बढी पनि हेरेको , र शायद पछी पनि कती पल्ट हेर्छु!

 तर सन्देस को कुरा गर्दा औपचारिकता पुरा गर्न का लागि फिल्म को कुनै कुना मा कुनै एक पात्र (चाहे त्यो मुख्य पात्र नै किन नहोस्) ले राम्रा सन्देसात्मक कुर भन्नु काफी हुँदैन। म भन्दैछु त्यस्तो सन्देस जो समग्र चलचित्र को आसय बनोस। भन्न चाँही अर्थोकै ताइ न तुइ को खोज्ने अनी बेला बेला चाँही वेतुक का ठुल्-ठुला कुरा गर्ने पात्र को श्रीजना गरियो भने चलचित्र नै बिरुप हुन सक्छ। चलचित्र मा असुहाउदो हुँदैन भने कोही पनि पात्र ले केही पनि राम्रा कुरा कही पनि भनेको देखाउन सकिन्छ तर मात्रा कसैले केही राम्रा उपदेस दिएको भर मै चलचित्र सन्देसमुलक बन्दैन। बरु लेखक या निर्देसक को आफ्नो बिचार  थोपर्न खोजिएको पर्दामा चल्ने चित्रहरुको भेला झैं मात्र बन्छ चलचित्र।

समग्र चलचित्र को आसय चाँही केही साकारआत्नक सन्देस दिने हुनुपर्छ चाहे त्यो कुरो बताउन सिङो चलचित्र खर्चिनु परोस या कोही पात्र द्वारा भनिएको सम्बाद मार्फत आयोस। के चाँही याद गर्नु परो भने सन्देस दिने कोशीस गर्दा उपदेस दिएको नदेखियोस।

यो लेख को सिर्सक को सन्दर्भ मा केही:

मैले माथि बिच मा लेखेको छु कही "म यो मङ्सिर पुष..................... सिल्सिला ...................अबका केही लेख।" हो, 'सिल्सिला'। यो लेख अब का केही लेख हरु को निरन्तर्ता को आदी हो, अन्त्य केहो लेख पछी हुनेछ। त्यसैले यि सबै एकै ड्याङ का मुला हुन भन्ने बताउन या एकै सन्दर्भ मा लेखिएको हुनाले एउटै सिर्सक भित्र अटाउनका लागि हो नम्बर १,२,३ इत्यादी। अंक को अघी केही लेख्न  मन लागो त्यही भएर 'गङ्स अफ वास्सेय्पुर', नो पार्तिकुलर रिजन। शायद हिजै मात्र हेरेको ले पनि दिमाग मा यो नाम आको होकी! अनुराग कश्यप को बजार मा अली राम्रो चलचित्रकर्मी भन्ने आसय को छाप भएकोले उक्त छाप बोकेको मान्छे प्रतिको सहानुभुति पनि पो हो कि GOW! अरु केही कारण छैन। फगत एक सिर्सक हो। याद गर्नु पर्ने मुख्य कुरो त नम्बर हो ताकी सिल्सिलाबद्द रुप मा पढ्न/खोज्न सजिलो होस्।

2069-8-13
3:30-7:00 pm (note- this is only half of the entire written article, that's why the wasseypur series.)
@दुधे जनसेवा