Monday, July 9, 2012

म हराएं!

"ल ल जति सक्दो छिटो तिम्रो पैसो तिरेर तिमीलाई मेरो संगत बाट मुक्ति दिलाउला"
 "के भो अरे ?"
 "जति सक्दो छिटो तिम्रो पैसो तिरेर तिमीलाई मेरो संगत बाट मुक्ति दिलाउला, ल फोन राख".
 यो अन्तिम बाक्य थियो उनि संग मैले बोलेको, साएद 4-5 दिन  अघि को कुरो होला, अनि मैले फोन काटे।
खोइ कस्तो अनि के खालको भन्नु , तर पृष्ठभूमि बडो लामो र गज्जप को छ यो बाक्य सिर्जना गर्ने!!
              
"हिडन , नत्र ऐले हात समातेर तान्छु अनि"" भनेपछि मैले "गाउघर ले देखेमा के भन्लान " गाएको कुरा देखि म उनको आँखा मा ओझेल नहुन्जेल खोला पारि बाट मलाइ हेरिरहेको त्यो पल अनि मैले येस्सो लुकेर , ग़इन् कि ग़इनन् भनेर हेरेको!!
यो त पैला को कुरो भो,, साएद 057 साल को। 
हिजो अस्ति , म दमक हस्पिटल ल मा हुदा उनि मलाइ भेट्न आउंदा म फार्मेसी भित्र र उनि बाहिर , म कुर्सि मा भित्र बसेर र उनि बाहिर उभिएरै , लगभग 3 घण्टा या साएद अझ धेरै बेर  गफ गरेको!! दुधे जनसेवा अनि उनि ,म र हिसाबकिताब , फुलबारी,, भोजपुरे को manners , mig  भित्र कटेका रात हरु र ति रात मा मैले  कैले काही rudely कुरा गर्दा "म रोए,, के गर्न सक्थे र अरु" भनेर उनले भनेका कुरा! Pleasure मा बिराटनगर को pleasure , एउतै रेनकोट भित्र दुइ जना पसेर आउन बाध्य पार्ने ति incidences , तालतलैया को किनार मा फलैचा मा निदाएको त्यो अबोध अनि मिठो अनुहार................. 
                                   कुरा साएद सिमित भए पनि ति संग का भाव अनि स्मृति असिमित छन् त्यसैले हात बाध्य भयो केहि ड़यास हरु  भित्र बाँकी कुरा समेट्न।. यी थोरै ड्यास उनि संग को सम्झना क ति मिठा पल अनि घटना हरुको निरन्तरता को परिचायक हो, मेरो हात ढिलो चल्यो, सम्पूर्ण भाव कलम मार्फत यी खेस्रा मा समेट्ने चेस्टा आज चाहि सफल भएन।.

तर बालापन मा सुरु भएको प्रेम कथा लाई ;लिपिबद्ध गर्न पोखिएको हैन यो मसि।.

       " म हराएं!"
                           -बस , यो सब्दावली को आधार खोज्ने चेस्टा चै हो।.

पेट भरि बिना परिस्रम खानेकुरा पुगेकै थियो त्यसैले होला,,"म काल लाइ जित्ने कोसिस मा छु"" भन्ने कुरा आफै संग गर्थें म केहि वर्ष पहिला सम्म। पदार्थ अनि सक्ति मात्र छ यो ब्रम्हाण्ड मा र आइन्स्टाइन ले भनेको light को  velocity  सापेछ्य छैन भनेको कुरो गलत हो भन्थे म।

साएद रचनात्मकता र कल्पना सक्ति कम भयो या मा यान्त्रिक भएँ यो सांसारिक प्रक्रिया मा भासिएर, किन हो कलम को निभ  पहिले झैं सललल बग्न मानिरहेको छैन।. अति तिब्र घर्सन को आभास भै रहेको छ , सोच्नु परिरहेको छ के लेखु अब भनेर! यस्तो पैला हुदैन थ्यो!!

"कलम बगीरहनु पर्छ,  निरन्तर, अनबरत। यहि बगाई मै म छु" भन्ने म, साएद निकै लामो कलम बिस्राम र घर ब्यबहार भित्र दिमाग पसेको ले होला , कलम बगिरहेको छैन सललल ! घर्सन को आभास भैरहेको छ,, अति तिब्र घर्सन!!

हरेक ठाउँ , बाताबरण, परिबेस र बाध्यता हरु ले सोचाइ को आफ्नै खाका अनि पृष्ठभूमि बनाउदो रछ। पैला काल लाई जित्ने सनक थियो, अलि पछी Evolution छिर्यो।. अझ पछी मानब मस्तिस्कको छ्यमता ले हल्लायो अनि फेरी Screenplay !!!!

आज , आज चै यो यान्त्रिक जिबन सैली अनि समग्र मान्छे को चरित्र!! उद्देस्य गलत छ भन्छ यो दिमाग।. जुन बाटो मा समग्र यो प्रक्रिया अघि बढिरहेको छ त्यो गलत छ भन्छ यो मन।. हरेक मान्छे यान्त्रिक भयो-- जन्मंछ, पढ़छ, बिहे गर्छ, जागिर खान्छ, बच्चा पाएर हुर्काउन्छ,बुढो हुन्छ अनि मर्छ, के का लागी!!!?यो रेखा लाइ सरल बनाइ राख्न।. अनि जब यो सरल हुनु पर्ने सरल रेखा सरलई हुन्छ अनि फेरी पैसो कमाउन तिर लाग्छ, अझ बढी कमाउने ध्याउन्न मा लाग्छा किनकि अझ बढी कमाउनु छ.. समग्र प्रक्रिया नै यै छ.. गरिब मध्यम हुन्छ, अनि धनि हुन्छ अनि सुपर धनि हुन्छ अनि आफ्नो सुपर धनित्व  लाइ जोगाउन लागिरहंछ with no purpose !!

हो यहि  सरल रेखा ले मलाई  बाध्य बनाएको हो यो डट को मसि कपि मा पोख्न। मन खोई किन हो यो सरल्रेखा म  हिड्ने बाटो होइन भन्छ। यो कसैले पनि हिड्ने बाटो हैन भन्छ।

त्यसैले यो कुरा सबैले बुझ्नु पर्छ भन्छ मन। अनि यहि कुरा समग्र जगत लाइ बुझाउनु पर्छ मैले भन्छ मेरो मन!! 

हो,, यहि नेर अड्केको छ मेरो चंचलता आजकल।. त्यो काल लाइ जित्ने रहर हराको छैन नि फेरी!! Evolution को काम त सकी सके।. human brain र screenplay पनि मेरा रेखा भित्र छन्।. तर आज मेरो उद्द्देस्य जगत लाई  यथार्थ बताउने छ।

मैले  screenplay   लेख्नु पर्छ अनी  राम्रा movies बन्छन।. पैसो कमिन्छ।. म अझ बढि screenplay  लेख्छु र अझ बढी पैसो कमिन्छ।. अनि एउटा "worldwide communication system" stablish गर्छु अनी त्यो सिस्टम मार्फत "हुनु के पर्थ्यो र भै के रहेछ" भनेर बताउछु।. हो--- यो उद्देस्य हो जिबन को मेरो।. आज यहि नेर अड्केको  छ  मन।



                   तर-----------------तर भै के रहेको छ त?? त्यहि अगी को सरल रेखा मा परिणत हुदैछ जिबन।. त्यसैले त्यो रेखा भित्र को यो मन को छटपटी अनि म हिड्छु भनेको बाटो टाडीएको हो कि भन्ने भाव-- बस्  यै हो मलाई डट मार्फत कपि मा पोखिन बाध्य पार्ने तत्व!!


067-3-21 @Dudhe Janasewa 

2 comments:

  1. mithooooooooooooooooooooo po chha hai la lekhdai janu parne bhayo aba

    ReplyDelete