Friday, December 7, 2012

मनोरंजनको बारेमा केहि ( Gangs of Wasseypur- Part 2)


मनोरंजनको बारेमा केहि 

(मात्र केहि, उब्रेको बाकि कुरो पनि छिट्टै आउंछ) 


"चलचित्र मनोरन्जन को खानि हुनुपर्छ" एक्पल्ट, ५-६ बर्ष अघी मैले यो पनि लेखेको थिए राम्रा गुणहरु मध्ये एकमा। तर आज म आँफै लाई यो कुरो अली नमिलेको हो कि जस्तो लागिराकोछ।

अस्ती साँझ भरत ले मैले फकाएर बोलाएर सुम्सुम्याउदै गरेको बिरालोलाई जुत्ता लाको खुट्टाले आफ्नो बलले भ्याये सम्म ले  मा हान्यो , भुँडीमा लाग्यो होला बिरालोको तर दुख्यो मलाई। "आबुइ के गरेको!!? बिचरा!" भनी त हेरे  नि, तर हानिगो त!

'हामी के गर्थ्यौ थाछ सानोमा?" भरत FLASHBACK मा गयो "बिरालो लाई फकाएर बोलाउथ्यौ , फकाएपछी आइहाल्छ  नि, अनी बास झ्याङ मा गएर एउटा अग्लो बास नुहाउथ्यौ, एउटा डोरी त्यो बाँस्को टुप्पोमा बाँधेर त्यो डोरी बिरालोको घांटिमा बान्ध्थ्यौ, अनी त्यो बाँस छोडिदिन्थ्यौँ। कस्तो मजा आउथ्यो।" यो 'कस्तो मजा आउथ्यो' भन्दै गर्दा उस्को अनुहारमा आज पनि त्यो मजा म देख्दै थिएं। उस्लाई केही पछुतो थिएन, त्यो बेला गरेका ति  अनगिन्ती बिराला करतुतहरुमा, उ आज पनि रमाउदैथ्यो उस्को त्यो सम्झना मा। "अनी टुप्पोमा पुगेपछी कराउन थालथ्यो बिरालो, तर अत्ती कराएपछी त गल्छ नि,अनी बिस्तारइ कराउन छोड्थ्यो, अनी हामी के गर्थ्यौँ थाछ? त्यत्तिकै छोडेर जान्थ्यौन। ५-६ दिन पछी बिरालो मरिवोरी कुहिएर गनाउन थालेपछी अनी गाउले ले थाहा पाउँथे र गाली गर्थे।" भरत अझै हांस्दै थ्यो, यसो भनिरहदा पनि! त्यो रात मलाई सुतेको १ घण्टा सम्म पनि निन्द्रा लागेन ति हरेक बिरालाको घान्टिको दाम्लो मेरो घांटि मा लागे झैँ भा'को थ्यो।

भरतले भनेको त्यो सप्पै कुरा दिमागले घटना बनाएर पटक्-पटक दोहोर्यायो, हरेक पल्ट आँखा रसाए। राती १ घण्टा ढिलो निदाए, ऐले पनि मन भारी भईराकोछ।

अब यो अवस्था मा मनोरन्जन को  सिमा या पारीधी भयो र!!? कस्तो कुरा लाई मनोरन्जन मानेर चलचित्र लाई मनोरन्जन्को खानि बनाउने!!?

कसैको मनोरन्जन के मा हुन्छ त कसैको के मा। त्यसैले यो बुंदो खारेज भो।

दिवाकर वेनर्जिको संघाइ ले लगानी को हाराहारी मै मात्रा ब्यापार गर्‍यो होला तर 'धेरै राम्रा चलचित्रहरु' को सुचिमा त्यो फिल्म दर्ता भैसक्यो र अब मानब सभ्यता रहुन्जेल त्यो फिल्म को चर्चो भैरहनेछ, त्यो हेरेर मान्छेले केही सिकिरहनेछन, केही मनोरन्जन लीइरहनेछन्।  अब अर्को  तिर सल्मान खान को एक था टाइगर  ले लगभग दुई अर्ब भारु कमाए पनी चलचित्र को ईतिहास कै केही महान भद्दा चलचित्र को सुची मा त्यो दर्ता भईसक्यो। अनी यस्को सम्झ्नाको कारण यही दुई अर्ब रुपैयाँ मात्र रहने भो।

अब मनोरन्जन को परिधि कसरी नाप्नु यहाँ! त्यसैले चलचित्र लेखक र निर्देसक मा भर पर्ने भयो चलचित्र कस्तो भन्ने बारे तर त्यो मनोरन्जनात्मक छ कि छैन भन्ने कुरो चाँही अली फरक ढंग ले ब्याख्खा गरिनुपर्ने भयो।

नोट्: दर्सक्ले आँफैं बुझ्नुपर्ने चलचित्र, सान्केतिक रुप मा मात्र कुरा देखाएर भन्न खोजिएको कुरो बुझ्न दिमाग खियाउनुपर्ने चलचित्र को हमेसा बिरोधी छु म। माथि संघइ र एक था टाइगर को सन्दर्भको अर्थ प्रस्ट्याउन खोज्दैछु म यहाँ। अब्भियस्ली नट एभ्रिवान इज फिल्म गिक हियर!

टाइगर बाट मान्छे ले मनूरन्जन लिएकै कारण ले  यसले धेरै कमाको हो । हो ह्युज मार्केटिन्ह र ठुला भनिएका स्टार को ब्रान्ड भ्यालु को पनि देन होला,  तर यिनै दुई कुरा मात्र मुल हैनन, मान्छे ले मजा पनि लिये यो फिल्म हेरेर। यसको अर्थ केही समय यो चलचित्र ले मनोरन्जन दियो। तर फेरी कहिल्एइ नउदाउने गरी अस्तायो पनि। र यदी मन पराउछन पछी पनि कसैले भने त्यो जमात साह्रै सानो हुनेछ।

अर्को तिर संघइ जस्ले अत्यन्तै थोरै ब्यापार गर्‍यो टाइगर को तुलनामा तर आज पनि यो राम्रो अनी मनोरन्जनात्मक छ र हमेसा रहन्छ पनि।

अब यहाँ नेर कम मनोरन्जनात्मक र बढी मनोरन्जनात्मक भन्ने कुरो पनि हुँदैन। के ले नाप्ने कम र बढी? उठेको लगानी, हेर्ने दर्सक को सन्ख्या या दर्सक को दिमाग मा या चलचित्र कै ईतिहास मै हुने उक्त फिल्म को आयु- के ले!!?

यहाँ स हेरेर मजा लिने पनि छौंछौँ  अनी Into the Wild दस्पल्ट भन्दा बढी हेर्ने पनि छौ। रामायाण हेरेर कहिल्यै नथाक्ने जमात पनि छ र आर्टिफिसियल इन्टेलिजेन्स को प्रयोग को कारण ले मेसिन/रोबोट ले मान्छे माथि शासन गरेका चलचित्र हेरेर रमाउने पनि छौ।

मेरो भन्नु को अर्थ मनोरन्जन को ख्याल नगरौ चलचित्र बनाउदा भन्ने हैन, मनोरन्जन लाई सटिक रुपमा व्याख्या/परिभासित गरौ अनी त्यो पारीभासा पनि अटाएको फिल्म बनाऔ भन्ने चै हो।

फेरी संघइ र टाइगर मै :- धेरै खाले मान्छे छौ र धेरैको अलग्-अलग टेस्ट छ मनोरन्जन प्रतिको। त्यसैले चलचित्र कत्तिको मनोरन्जनात्मक बनाउने भन्दा पनि अब पारीभासित हुने 'मनोरन्जन' छ कि छैन भनेर याद गर्ने र एक पूर्ण चलचित्र बनाउने हो।



अन्त्यमा,
मैले गरेको बर्गिकरण को बारेमा केही भन्नु पर्ने भएछ। किन त यो बर्गिकरन? के तुक यो बर्गिकरण को? कुरालाई बुझ्ने, बिस्लेसण गर्ने सबैको आ-आफ्नै आधार हुन्छ, मेरो पनि छ। तर अब यो आधार के हो भन्न खोजेको हैन, पछी अर्को लेखमा आउँला यसबारे। अब मैले गर्ने प्राय चर्चोमा मैले गरेको यो बर्गिकरणको आधारमा चलचित्रको व्याख्या गरिने हुनाले आबस्यक भएको हो यो बर्गिकरण। र यो बर्गिकण बिना मलाई कुरा प्रस्ट्याउन अली अफ्ठ्यारो हुने भएकाले पनि हो यो बर्गिकरण। अली ठुलो कुरो गर्नु परो भने चाँही: अब चलचित्र को ईतिहास मा कहिल्एइ नअस्ताउने एउटा नाम को उदय हुँदैछ जसले यो समग्र छ्यत्रको कायापलट गर्ने हैसियत राख्छ। सोही कारण पनि हरेक कुराहरुको सटिक  र यथार्थपरक बिस्लेसण अबको आवश्यकता हुन्छ। त्यसइको सुरुवात हो चलचित्र को यो बर्गिकरन!!!।


2069-8-13
3:30-7:00 pm (note- this is only a part of the entire written article in this mentioned time, that's why the wasseypur series.)
@दुधे जनसेवा

No comments:

Post a Comment