"माग्न जाँदा त नदेलान, आफैं फकाये मात्र।"
"मैले एउटी केटी मन पराएँ।"
"को?"
"राधा" - मैले उनको नाम भनेर उनी फलानो मान्छे हुन भनेर चिनायेपछि भान्जी बबिताले भनेको कुरो हो अगी सुरुको- "माग्न जाँदा त नदेलान, आफैं फकाये मात्र।"
मलाई अब फसाद पर्यो। जिबनकै यो पहिलो प्रयास हुनेछ यदी मैले उनलाई फकाउन कोशीस मात्र पनि गरे भने, र सफल भएं भने शायद अन्तिम पनि!
"I don't exactly know what I am required to say in order for you to have intercourse with me, but could we assume that I said all that? I mean essentially we are talking about fluid exchange right? So could we go just straight to the sex? "
"Oh how sweet!" यत्ती जवाफ फर्काएर गालामा एक थप्पड हानेर John Nash लाई "Asshole" भन्दै गाली गरेर केटी फटाफट हिन्ड्छे। आवश्यक छ 'A Beautiful Mind' को यो scene को सन्दर्भ कोट्याउनु त्यसैले थोरै भन्छु है त- लगभग सबै समय mathematics को बारेमा सोचिरहने John साथीहरु सँग bar मा beer पिउदै बसेको बेला केही केटीहरु मध्येकि येउटि अली राम्री चैं ले उसलाई हेरेकोले John लाई साथीहरुले उ सँग गफ अनी इत्यादी गर्ने बातावरण बनाउन उक्साएर केटी तिर पठाउछन। केटी पनि आउंछे र दुबै जना बस्छन। त्यस्पछी लगभग ३० second दुबै जना मौन अनी अन्यौल मा के बोल्ने के बोल्ने भएपछी केटीले जबर्जस्ती कुरो सुरु गर्न का लागि -"perhaps you want to buy me a drink" भनेपछी John ले माथिको कुरो भनेको हो।
ठ्याक्कै त्यही अवस्था छ मेरो। म मा कुनै प्रकारको dellusion र halucinations छैनन् उक्त फिल्म मा John ले देख्ने जस्ता । म schizophrenia को विरामी पनि हुइन र मेरो दिमाग गणित मात्र को वोरिपरी पनि छैन तर पनि मेरो अवस्था John को झैं छ- बिलकुलै केही नजान्ने केटी सँगको सम्बन्धको बारे मा, केटी सँग बोल्ने, नजिक हुने, केही समय साथ बिताउने इत्यादी कुरामा।
भन्छु अली पछी मान्छे को दिमाग के कारण ले mobile को memory card जस्तो या computer को hard disk drive जस्तो हो जहाँ डाटा भरियो भने नयाँ थप्न पुराना केही delete गर्नु पर्छ। किन धेरै क्षेत्रका कुरा एकै मान्छेले जान्न सक्दैन इत्यादिको बारेमा लेख्छु येउटा thesis type को article- evolution को बारेमा लेखे जस्तै। Brain storage र Memory card को कुरो किन आको भने मेरो दिमाग मा केटीहरु सँग सम्बन्धित कुराहरु र उनिहरु सँग बोल्ने तरिका इत्यादिको जानकारी को संग्रहको अभाव छ किनकी म अन्तै छु। त्यही शब्द प्रयोग गरेर भनेँ भने मलाई मान्छेले साधु महात्माले जस्तो कुरा गर्दो र'छ भन्लान तर यथार्थ जुन शब्द प्रयोग गरेर जस्तो तरिकाले जुनसुकै भाषामा जोसुकै ले बोले पनि त्यो हमेसा सत्य हुन्छ। पृथ्वी नस्वर छ, यो केही पनि कुरा सधैं रहदैन, न म वा हामी, न सिङो मानब समुदाय वा जाती, न पृथ्वी, न सौर्यमण्डल या यो सिङो हाम्रो आकाशगंगा तारापुन्ज या हाम्रो दिमागले भ्यायेसम्मको अनन्त सम्मको आकाशमा फैलिएको सिङो ब्रम्हान्ड। यस्को अर्थ आज मान्छेले जत्रा र जे उपलब्धी या काम गरेपनी त्यस्को आयु निस्चित छ भने र फेरी create गर्दा उही ढुंगे युग बाटै सुरु गर्नुपर्छ भने त यो समग्र धमाधम अनी रस्साकस्सीको के माने त!? यो प्रश्नले एक या दुई जना हैन सम्पूर्ण जिवित मानिसहरुलाइ depression को सिकार बनाउन सक्छ, त्यसैले मान्छेलाई कारण हरेक पल चाहिन्छ बांच्नको लागि र केही गर्नका लागि। हो त्यो कारणमा छ मेरो दिमाग। तर कारण खोज्दै गरेको चाहिं हैन, पत्ता लागिसक्यो मान्छेलाई depression नभैकन ठुलो उत्साह र उर्जाको साथ सबै कुरा नासवान छ भन्ने जान्दा जान्दै पनि केही गर्न प्रेरणा दिने कारण/उत्प्रेरक/उद्देस्य/लक्ष जे नाम दिउं त्यस्लाई- एउटा साझा उद्देस्य सिङो मानब जाती/समुदाय अनी सम्पूर्ण पृथ्वीको।
एउटा येस्तो बस्तु या प्रकृयाको निर्माण गर्ने जो यो अनन्त आकाशमा फैलिएका बढी भन्दा बढी ब्रम्हान्डको यात्राा गर्न सकोस अनी हरेक ब्रम्हान्डको भित्र पसेर त्यहाँ कुनै पृथ्वी छ यदी भने त्यहाँ गएर आज समको हाम्रो पृथ्वीमा मान्छेद्वारा भए/गरेका प्रगतिको विवरण भन्न सकोस। एउटा यस्तो यन्त्र जसले अनन्त आकासमा अनन्त सम्म यात्राा गरेर जहाँ पनि मान्छे या organic matter को logically सोच्न सक्ने जे पनि detect गर्छ त्यस्को अगाडि आफुमा सङ्रहित database explore गर्न सकोस - हो यो यन्त्र या प्रकृयाको निर्माण अब सिङो विस्वको साझा उद्देस्य हुनुपर्छ र हुनेछ एकदिन किनकी यो समग्र हामी अनी हाम्रो वरपर evolution को बढो सरल सुत्रमा अघी बढेर यहाँ सम्म आइपुगेको हो। र सुत्रमा आजको समय राखेर हिसाब गर्दा माथि मैले भनेको कुरो नै नतिजा निस्कन्छ।
साह्रै टाढा पुगें जस्तो छु म, मान्छे लाई बांच्ने कारण दिने कुराको बारेमा भन्दा भन्दै। ठाउं मा आउं है त। त्यो यन्त्रलाई यो अनन्त आकासमा यात्रा गर्न केबल एउटै मात्र मुख्य समस्या हुनेछ जसको फेद्-टुप्पो नै पत्ता लागेको छैन आज सम्म, र समस्या हो -speed । कसरी एक वस्तु लाई यत्रो लामो दुरी छोटो समयमा पार गर्न सक्ने speed दिन सकिन्छ- यो प्रश्नमा छ मेरो दिमाग। उक्त यानको speed मा छु म। जाबो एउटा यन्त्र/यान या प्रकृयाको speed को बारेमा सोच्न कती कुरा जान्नु पर्दो र'छ भनेर त थाहा पाइ हालियो होला माथिका कुराहरु बाट। अब, जब दिमाग biological memory card हो भने यत्ती धेरै बेतुक (!!?) का कुरा भरिएको दिमागमा कसरी एउटी केटीलाई फकाउने या उ सँग उसलाई impress गर्न सक्ने गरी बोल्ने तरिका इत्यादी अटाउला!!!
अझ प्रस्ट गरी भन्नु पर्दा -जे कुरामा interest नै छैन उक्त कुराको बारे गहिरो जानकारी मान्छे लाई हुन बढो गाह्रो हुन्छ। मलाई ठुलो चासो छैन केटी फकाउन। रहर र चासो अलग्-अलग कुरा हुन है मित्र, र म यहाँ चासो को कुरो गर्दैछु। रहर ता छ नि मलाई पनि -धेरै भन्दा धेरै केटीले मलाई याद गरुन, बोलाउन, फकाउन्, care गरुन, प्रेम गरुन् लगायतका एउटा केटो मान्छेको मनमा हुने सम्पूर्ण जायज रहरहरु पुरा हुन् भन्ने किनभने म पनि त त्यही ड्याङ् को अर्को केटो मान्छे न हुँ। मलाई पनि त भाव आउंछन, मानविय सम्बेदना आउंछन तर धेरै जसो केटाहरु मा हुने जस्तो बढी भन्दा बढी र सके सम्म जम्मै केटीसँग तुरि-तुरी गर्न पाये हुन्थ्यो भन्ने चाह चाहिं छैन।
भनिसकें मैले, रहर ता छ तर त्यत्रो गहिरो आसक्ती छैन किनकी मेरो चासो त अर्कै कुरामा छ जुन मैले माथि नै उल्लेख गरिसकें। तुरि-तुरी त फगत एउटा रिनिक्क परेको लिङग लाई एउटी स्त्रिको योनी मा घर्सण् गराएर विर्यको माध्यमद्वारा छोरामान्छेमा भएको यौनको चाहना लाई बाहिर पोख्ने र यस्तै केही प्रकृया द्वारा केटीको पनि यौन चाहना पुरा गर्ने प्रकृया मात्र हो- त्यसैले यो कुरामा त्यत्रो आसक्ती किन र!!? हो, रहर त छ नि फेरी तर आसक्त छुइन म किनकी आसक्ती अर्थोकमै छ। तुरि-तुरी मा आसक्त हरुले "अहिले ठुला कुरा गर्छ नि, भेटोस मात्र न था भाईहाल्छ नि हैसियत" भन्लान/भन्छन किनकी तिनकै सन्ख्या बढी छ पृथ्वीमा तर साह्रै सिमित रमेश गजुरेल हरुले पनि यस्तै केही भन्छन ति आसक्ती हरुलाई पनि भन्ने चाहीँ ख्याल राख्नु पर्छ!
केटीहरु सँग संगत नभाको हैन, भयो। धेरै जना हैन ३-४ जना सँग मात्र, र त्यही काफी भो- म यो माम्लोमा निकै पछाडि र'छु, मलाई केटी सँग बोल्ने तरिका र मेसो था रैनछ, म केटी फकाउने कुरा निकै नै नजान्दो र'छु भन्ने बुझ्नलाई। त्यसले त आज गाह्रो भैराकोछ कसरी फकाउने भनेर -बबिताले त प्रस्टै भन्दीहालिन -"माग्न जाँदा त नदेलान, आफैँ फकाये मात्र।"
फकाउनु को आसय यो मनले कसैलाई मन परायो अनी त्यो मान्छे आफ्नो नजिक आओस, आफ्न कुरा सुनोस, अनी आफ्नो जिबनमा आउन लाएकको "बैचारिक रुप मा" भने अनी आओस पनि,भन्ने चाहिं हो है। जे कुरा धेरै भयो सधैं त्यो सत्य हुँदैन। केटी फकाउनुको अर्थ एउटा बज्रस्वांठले राम्री (सबै कुनाबाट-सौन्दर्य, मन, धन इत्यादी) केटी लाई फसाएर बिहे गर्नुलाई फकाउनु भन्ने अर्थ लाग्ला तर यहाँ त्यो हैन। म सँग त केटी सँग आधा घण्टा मात्र पनि बोल्ने कुरा हुँदैन भने त्यो जो कोही पनि केटी मेरो नजिक हुने र मैले र उन्ले एक अर्कालाई जान्ने अवसर मिलोस भन्ने आसय का साथ केही समय साथ बिताउने समयको जोहो होस् उनिबाट पनि भन्ने चाहिँ मैले कसैलाई फकाउनुको आसय हो। यदी कोही केटी मेरो साथी बन्न सक्ने छ भने (यहाँ अनर्थ नहोस् है त, कोही म जत्तिकै राम्रो अनी विद्द्वान केटी भेटें भने भन्ने बुझिन सक्छ तर त्यसो हैन, म राम्रो छैन न त विद्द्वान नै, कुरा त मन मिल्ने चाहिँ हो), यदी मलाई बुझेर मलाई हौसला अनी साथ दिन सक्ने कोही र'छ भने ममा यती हैसियत चाहिँ छ कि म हरेक त्यो केटी लाई म सँग बिहे गर्न मनाउन सक्छु (घमन्ड को गन्ध आउन सक्छ तर हैन है त्यसो)। तर पैला त मेरो कुरो नै पनि सुन्नु परो नि कसैले, कोहिले, र अहिले को कुरा गर्दा -'उनिले'!
अब अर्को कुरो-
उनैलाई किन मन परायेँ त मैले!? आज सम्म कसैलाई मन नपराएर उनैलाई किन?
"I think that's a superphilosophy,Will. That way, you can go through your entire life without ever having to really know anybody. यसरी सोचिस भने त तैँले जिबन मै कोही केटी भेट्टाउँन्दैनस। तेरो कहिल्यै बिहे हुँदैन, गर्नै सक्दैनस।" Matt Damon लाई Jumaanji को दारी बुढो ले भनेको कुरो हो यो 'Good Will Hunting' मा। Will Hunting ले नपढेका प्राय चर्चित मध्येका कुनै किताब छैनन, उसले नजानेको प्राय क्षेत्र या बिषय छैन। आफुले पढेका कुरा र जानेका कुराहरुको आधारमा उ कुरा, घटना अनी मान्छे इत्यादिलाई बिस्लेसण गर्छ।
त्यसैले हरेक बिषयमा उसको आफ्नै धारणा छ, आफ्नै बेग्लै सोच्ने सैली र बिचार छ। त्यस्तै छ केटी सम्बन्धी उसको धारणा पनि। "एउटी केटी छ, म उ सँग dating मा गैरा'कोछु आजकाल।" यसो भनेपछी बुढो ले "त्यसो भये बिहे गर्दा पनि भयो नि त" भन्छ अनी Matt Damon ले भन्छ "अहँ गर्दिन। आज सम्म म उसलाई जती जान्दछु त्यत्तीको भरमा हान्रो relation चलिराको'छ र आजका निम्ती हामी एक्-अर्कामा perfect छौँ। यदी मैले relation लाई अगाडि बढाएं भने यो perfection नरहन सक्छ, मेरा कती कुरा उसलाई नराम्रो लाग्न सक्छ र उसलाई पनि मेरा कती कुरा नराम्रो लाग्न सक्छ। त्यसैले आज हामी perfect छौँ, relation perfect छ। म यसलाई अघी बढाएर perfection बिगार्न चाहन्न।" Matt Damon ले यत्ती भनी सकेपछी दारी बुढोले भनेको कुरो हो अगी माथिको कुरो- "TI think that's a superphilosophy,Will. That way, you can go through your entire life without ever having to really know anybody."
हो यस्तै केही सोच्थेन म केही अघी सम्म। म केही फरक गर्ने मान्छे हुँ त्यसैले मैले बिहे गर्ने केटी मलाई, मेरो काम र मेरो सोचाइ लाई बुझ्न सक्ने हुनुपर्छ। मेरो सोच्ने सैली सँग उसको सैली मिल्नु पर्छ नत्र कसरी हाम्रा भावना, कुरा, बिचार मिल्न र share हुन सक्छन र!!? त्यसैले एउटी perfect केटी (मेरो चाहना अनुरुप्को perfect) भेटे मात्र म बिहे गर्छु र त्यो केटी मात्र मेरो असल जिबन्साथी बन्न सक्छे। यदी एउटी सामान्य केटी बिहे गरें भने त्यो केटी मेरो घर मा Dady Mumy कि बुहारी त बन्ली तर मेरी श्रीमती बन्न सक्दिन, म उसलाई आफ्नो सबै कुरा भन्न सक्ने साथीको रुपमा नपाउंला- हो यस्तो सोच्थेँ म केही महिना पहिला सम्म।
'Good Will Hunting हैन मेरो धारणा परिवर्तन गराउने। वा अझ यसो भनौँ- 'Good Will Hunting' मात्र हैन मेरो बिचार परिवर्तन गराउने। २७ बर्ष त्यसै हुइँदैन र'छ, अहिले था पाउँदैछु। पढेंछु समाज केही, ईतिहास केही र दिमाग ति हरेक कुरालाई मन्थन गरेर आफ्नो बिचार बनाउन सक्ने हैसियत को भाको र'छ। उक्त फिल्ममा ब्यक्त कुरा पनि र मैले देखेको समाज का घटना/कथाहरु पनि ले मेरो "मैले बिहे गर्ने केटी" प्रती को बिचार/धारणा परिवर्तन गर्न सघाएछन या परिवर्तन गरेछन।
"My wife used to fart when she was nervous. She had all sorts of wonderful idiosyncrasies. You know, she used to fart in her sleep. One night it was so loud, she woke the dog up. She woke up and gone, like, "Was that you?" I said, "Yeah." I didn't have the heart to tell her. Oh, God."
यती भनेर बूढो जोढले हान्स्छ अनी सान्त भएर बोल्छ:
But, Will, she's been dead two year and that's the shit i remember. It's wonderful stuff, you know? Little things like that. Yeah, but those are the things i miss the most. Those little idiosyncrasies that only i knew about. That's what made her my wife. Boy, and she had the goods on me too. She knew All my little peccadillos. People call these things "imperfections", but they're not. That's the good stuff. And then we get to choose who we let into our weired little worlds. You're not perfect, sport. And let me save the suspense. This girl you met, she isn't perfect either. But the question is whether or not you're perfect for each other. That's the whole deal. That's what intimacy is all about. Now you can know everything in the world, sport, but the only way you're finding out that one is by giving it a shot.
हो यही हो वास्तविकता। ठुल्ठुला गूड्डी हाँकन हैन श्रीमती, एउटी साथी हो। आफ्नो हरेक साना ठुला कुराको बारेमा ख्याल गर्ने, आफुलाई आँफैंले भन्दा बढी चिन्ने साथी, हरेक समय मा साथ दिने साथी, हरेक कुरा सुन्ने साथी, हर परिस्थितीमा केही सकारात्मक् feelings सहित हमेसा आफ्नो पक्षमा बोल्ने साथी, हर अफ्ठ्यारोमा हिम्मत नहार्न प्रेरणा,हौसला अनी साथ दिने साथी। बस् साथी!
उनमा केही चामत्कारीक गुण चाहिएन, मात्र एक सामान्य असल नारी भये पुग्छ जसको मनमा मान्छे प्रती दया अनी सहानुभुति होस्, आफ्नु रुप, धन इत्यादिको अहंकार नहोस् र नैतीक शिक्षामा हामीलाई पढाईएका केही आधारभुत गुण होस् -ठुलालाई आदर गर्ने, सानालाई माया गर्ने इत्यादी।
विडम्बना के भयो भने "मात्र मान्छे- एक सरल मान्छे" पनि नभाको समाज झैं बन्यो सिङो मानब समुदाय। जुन कुराले मान्छेलाई मान्छे बनायो तेही कुराहरु हराका यान्त्रिक अनी घिनलाग्दा स्वार्थहरुले भरिएका पिण्डहरुको जत्था झैं बन्यो सिङो मानब समुदाय! मैले कोही अर्कै अनौठो चाहेको थियिँन, माथि भने झैं मान्छे मा हुनुपर्ने आधारअभुत गुण भएकी केटी भये पुग्छ भन्दा त्यही स्वभाव मात्र भएकी पनि कोही केटी नदेखेकोले हो आज सम्ममा मैले 'मात्र उनी' लाई मन पराको! जुन मान्छे को कल्पना गरेर एउटा चित्र बनेको थियो/छ मेरो दिमागमा शायद त्यसको प्रतिबिम्ब झैं देखें मैले उनलाई -त्यसैले मन पराएँ। न असाध्यै राम्री छन उनी न त उल्कै बेग्लै केही गुण भाकी। एउटी असल केटी मान्छे -बस एत्ती देखेँ उनमा मैले र त्यही नै काफी भयो मैले उनलाई मन पराउन। त्यसैले मन पराएँ!
राम्रा कुरा सबै बाट लिनुपर्छ र यदी बिद्द्वान्ले भनेको हो भने त उपदेस सम्झेर सिरोधार्य गरे पनि हुन्छ किनकी सामान्य मान्छे भन्दा अली फरक सैलिमा अली धेरै मात्रामा र अली यथार्थगत ढंगले कुरा गर्ने/भने भएकाले नै ति 'महान' हरु महान भएका हुन।
म अर्कै ग्रहबाट झरेको प्राणी हुइँन। पृथ्वीमा भएका अनेकौँ मान्छेहरु झैं आधारअभुत मानबिय स्वभाव म मा पनि छन र केही राम्रा भनिएका कुरा त अवस्य हुने नै भए। त्यसैले म पनि बिद्दवानका राम्रा कुरालाई सिरोधार्य गर्ने मध्येकै परेँ!
"मेरो सल्लाह -तिमी बिहे गर। श्रीमती असल परे तिम्रो जिबन सुन्दर बन्छ, खराब परे म जस्तै दार्सनिक् बन्छौ।" यो सुकरात ले भनेको कुरो हो। दर्शन शायद पर्याप्त भैसक्यो पृथ्वीमा। चाहिएमा फेरी अरु कोही सुकरात आउलान, म चाहिँ बन्न चाहन्न दार्सनिक् त्यसैले असल श्रीमती नै खोज्छु -यस्तो सोचेपछी अनी मैले हेर्न थालेको हो केटीहरु, बिहे गर्ने नियतका साथ। अनी नै फुरेका हुन कुरा -कस्ती केटी असल हुन सक्छे जसको साथमा मेरो जिबन सुकरातले भने झैं सुन्दर होस् र म आफुलाई जे कामका लागि हुन भन्दैछु, त्यो गर्न सफल हुन्छु इत्यादी। असल केटी खोज्ने रनाले मलाई राम्री केटी मा हुनुपर्ने गुणहरुको बारे सोच्न वाध्य पार्यो अनी दिमागले एउटा चित्र कोर्यो मनमा त्यो केटीको जसमा असल केटीमा हुनुपर्ने गुणहरु छन।
यत्ती भैसकेपछी त सजिलो भैहाल्यो नि केटी हेर्न/खोज्न। जसलाई मन पराउन खोजिन्छ त्यसलाई हृदयको चित्रमा तुलना गर्न थालेँ अनी उनिलाई झन्डै-झन्डै त्यस्तै देखेँ झलक्क हेर्दा। त्यसैले होला मैले उनलाई मन पराको। हैन, त्यसैले हो मैले उनलाई मन पराको!
भान्जी पार्बताको बिहेको दिन थियो, बिहान खाना खाएर त्यता जांदै गर्दा म गुनगुनाउदै र'छु:
मैले पुण्य मन पराएँ या पाप मन पराएँ,
जे होस् मैले तिमीलाई चुपचाप मन पराएं।
सिर्सक मै छ है सबै कुरो- "...जे होस् मैले तिमीलाई चुपचाप मन पराएं।" बस यत्ती मै सिमित छ ऐले यो सम्बन्ध। मैले उनलाई मन पराएं, अझ भनु चुपचाप् मन पराएं। मन पराउनु र केटी लाई propose गर्नु, माग्न जानु, चर्चो चल्नु, बाधा-ब्यबधान आउनु, बिहे हुनु सबै अलग-अलग कुरा हुन्। म त सुरुमा छु- "मन परायें"। कामना गर्छु यो 'मन पराइ' ले चरणहरु पार गरोस्। कामना गर्छु मैले उनलाई propose गर्दा उनले मलाई मन पराउन्, कामना गर्छु मेरो-उनको चर्चो चलोस्, कामना गर्छु बाधा ब्यबधान केही आए तत्काल र सजिलै हटुन र कामना गर्छु हाम्रो बिहे होस्!
जे देखिन्छ हमेसा त्यही नहुँदो र'छ त्यसैले कामना गर्छु उनलाई जे अनी जस्तो देखेको छु उनी त्यही र त्यस्तै हुन् पनि (नत्र 'मन परायें' पछी का चरणहरुले उनिसंगको सम्बन्धमा पूर्णता नपाउने सम्भावना रहन्छ)!
........बस्, म कामना गर्छु!!!
०६९-८-२७
२:४५ pm
@Dudhe Janasewa
UPDATE
चरण हरु सबै पार भएनन, PROPOSE गरे पछी चर्चो सम्म चाँही चलेको थ्यो! तेस्पछी ........
समग्रमा, त्यो घटना घटे पछी पनि माई नदीमा धेरै पानी बगिसकेको छ!
070.03.03

No comments:
Post a Comment