Wednesday, January 9, 2013

Rock On!!

watched @Rock On!!

पोइसो कमाउनु लाई नै बान्च्नु को पर्याय मान्ने हरुलाई मेरो कुरो चित्त नबुझ्न सक्छ, तर रचनात्मक अनी सकारात्मक  सोचाइ भएका हरुले Rock On!!  हेरे भने त्यहा मित्रता, सम्बन्ध अनी खुशी को बारे भनिएको एउटा सुन्दर कथा देख्छन।

( चेतावनी- रचनात्मक ढंग ले सोच्न सक्ने अनी सोचेको कुरालाई काम मा परिवर्तन गर्न सक्ने क्षमता/हिम्मत भएकाहरुलाई मात्र हो है केही फरक गर्न कोशीस गरम भन्ने गरेको मैले, क्षमता र योग्यता बिना  को रचनात्मकताले माटोमा  मिलाउन सक्छ जिन्दगी ! चेतना भया !!!)

Adult material को आधार मा मात्र नभै अब चलचित्रलाई मान्छेको बुझ्न सक्ने र नसक्ने बैचारिक हैसियत को आधार मा पनि बर्गिकन गर्नु पर्ने भये जस्तो छ, किनकी मैले ६-८ बर्ष अघी यो फिल्म हेर्दा खासै मन पराको थियिन! शायद जिबन का मैले माथि भनेका केही पाटा हरुको अनुभव गर्ने मौका नै पाको थिन या म मा सम्बन्ध अनी भावना इत्यादीको बारे बुझ्न सक्ने चेतनाको बिकास नै भएको थिएन! नत्र म त्यस बेला रक अन लाई खासै राम्रो रइनछ भन्दिनथे होल।
ड्याम गूड् मुभी यार- रक अन! म्युजिकल छ जरुर फिल्म तर संगीत मात्र को कथा हैन रक अन - मित्रता, सम्बन्ध अनी खुशी को हो! समग्रमा हरकोही को जिबनको कथा हो रक अन।
कथा भन्न लाई एउटा आधार त चाहियो नि, बस् त्यही आधारको मात्र काम गरेको हो संगित ले चलचित्रमा, भनिएको त अर्थोकै धेरै छ फिल्ममा। जस्तइ: मित्रता, पति-पत्नी बिचको सम्बन्ध अनी एक अर्काको खुशी, खुशी हुने आधार अनी बान्च्ने नै पनि आधार- यानेकी ब्यक्तिगत खुशी अनी आत्मसन्तुस्टी लगायत का कुरा!

@Dudhe Janasewa
069-9-25
11:00 pm

1 comment:

  1. rock on...hey yeh wakt ka isara...rock on..jindagi na mile dobara...

    ReplyDelete