Thursday, August 7, 2014

मामा नमस्ते

           चलचित्र जगतको छबी तेसै त नराम्रो छ नेपालमा, त्यहिं माथि बल्ल बल्ल "एकदमै झुर" नै भये पनि एउटा short film बनाएर competition मा पठाएको, प्रायोजकका ढर्रा अनेक! मान्छे हौँ, धेरै थोक गर्ने सामर्थ्य हामीमा छ/हुन्छ। तेसैले एउटा सिँगाने काम गरेर तेसैमा जिबन बिताउनु भन्दा धेर साइत नहेरिकन उक्त काम को निछोड दियौँ भने जिबन अघी बढ्थ्यो क्या! त्यही र त्यत्ती मात्र त होइन त सबै थोक! आफ्नो काम/प्रयासलाई उत्सब झैं बनाउन कोशीस गर्नु ठिकै हो तर त्यो कोशीसले महिनौं खान्छ र झन्डै बर्सौं पनि खान्छ कि जस्तो भयो भने त अत्ती भएन र! धेरै ढर्रा को आबश्यक्तै छैन त। प्रचार राम्रै भएकै थियो/छ। फलाना-फलानाले यो-यो पुरस्कार जिते, सहभागि अन्य सबै लाई निरन्तर प्रयास गर्नु हुन आग्रह गर्दै सहयोगि सबै लाई धन्यवाद भनेर काम सके भै हाल्यो त।
           म जित्थें अथवा मेरो बिचित्रै केही थियो वा मेरो चर्चो होस् जस्ता वाहियात चाह/आसय हैन, पहिलो प्रयास थियो मेरो, नतिजा प्रकासित् हुन्थ्यो भने उक्त प्रतिस्प्रधामा सहभागि म पनि थियें भनेर बताउन त पाइन्थ्यो! ….. वाहियात।
          केही जानेको रैनरछु film making सम्बन्धी कुराहरु भन्ने थाहा भयो, र के के जान्न आवश्यक छ पनि थाहा भयो "मामा नमस्ते" को कारणले। त्यसैले काम झुरै भएपनी मलाई बाटो देखाउन काफी भयो , कम्सेकम काम सुरु त भयो।
          यस्ता वाहियात हल्ला/ढर्रामा नलागी आफ्नै सुरले short फिल्महरु बनाउने अनी YouTube.com मार्फत share गर्ने बाचा सहित्, मेरो पहिलो प्रयास : “मामा नमस्ते" , प्रतिकृयाको अपेक्षा सहित्।

(was sent to a competition organized by Drishyansha)


        

No comments:

Post a Comment